दार्चुला, १३ चैत । नेपाल प्रहरीले अदालत छेउबाटै चार बोरा सुनाखरीसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ ।
बेलुकी साढे सात बजे प्रहरीले सुनाखरी लुकाइ राखेको अवस्थामा नेपालगञ्ज घर भएका व्यापारी तेजबहादुर शाहीलाई होटलबाट पक्राउ गरेको हो ।
प्रहरीले चार बोरा सुनाखरी पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । अहिले सामाग्री जोखी रहेकोले यति नै भन्न नसकिएको डिएसपी सुशिलसिह राठौरले बताउनुभयो । सुनाखरीलाई होटलबाट कठ्ठामा निकालेको हो । स्रोतका अनुसार ३ वटा ठूला कठ्ठा एउटा सानो कठ्ठा र एउटा झोलामा सुनाखरी भेटिएको हो ।
नेपालमा प्रतिबन्धीत जडिबुडीको रुपमा रहेको सुनाखरी लुकाई राखेको अवस्थामा फेला परेको हो । भर्खरै बजारमा विक्री शुरु भएको सुनाखरी नेपाल र भारत दुवै क्षेत्रमा पाइने गरेको छ ।
स्रोतका अनुसार सुनाखरीका दार्चुलामा खरिद हुने विक्री मूल्य प्रतिकिलोग्राम १८ हजार देखि २५ हजारसम्म रुपैयाँमा कारोबार हुने गरेको छ, भने तिब्बतमा भने यसको मूल्य प्रतिकिलोग्राम २५ देखि ३० हजार रुपैया पर्छ ।












प्रतिक्रिया