२८ आश्विन २०८३, बुधबार

आफूलाई उपचार गर्नेबाटै संक्रमण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hand washingsकाठमाडौं । स्वास्थ्यकर्मीको फोहोर हातका कारण अस्पताल पुग्ने सयमध्ये सातदेखि दस बिरामी कडा संक्रमणमा पर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्ता संक्रमण धेरैजसो एन्टिबायोटिकले नछुने खालका हुन्छन् ।

 

यो दर उच्च आय भएका राष्ट्रमा सयमा ७ र मध्यम तथा निम्न आय भएकामा १० जना रहेको संगठनले जनाएको छ । सघन उपचार कक्षका बिरामीमा सयमा ३० जनासम्म यो समस्यामा पर्छन् ।

 

नेपालमा अस्पतालजन्य वा स्वास्थ्यकर्मीको फोहोर हातका कारण हुने संक्रमणबारे खास अध्ययन भएको छैन । यहाँ यस्तो समस्या संगठनको तथ्यांकभन्दा धेरै बढी हुन सक्ने त्रिवि शिक्षण अस्पताल, बायोकेमेस्ट्री विभागका प्रमुख प्रा। भरत झाले बताए ।

 

स्वास्थ्यकर्मी र चिकित्सकहरूको हात, स्टेथेस्कोप, एप्रन आदि सबैमा संक्रमण देखिन्छ,’ उनले भने, ‘गर्मी मौसम, दूषित वातावरण, बढी पसिना, धूलो आदिका कारण मुलुकमा स्वास्थ्यकर्मीबाट बिरामीलाई हुने संक्रमणको जोखिम उच्च छ ।’  त्रिवि शिक्षण अस्पतालका सूक्ष्मजीव विशेषज्ञ प्रा. भरतमणि पोखरेलको भनाइ पनि यस्तै छ । ‘हामी कहाँ चिकित्साकर्मीको हातले हुने संक्रमण दर बढी नै होला,’ उनले भने, ‘यस्तो समस्या सबै अति विकसित राष्ट्रको हो ।’

 

स्वास्थ्यकर्मीबाट बिरामीलाई हुने संक्रमणबारे नेपालमा पनि अध्ययन आवश्यक रहेको वीर अस्पतालका निर्देशक डा। बुलन्द थापाले बताए । अस्पतालको वार्ड र बहिरंग विभागमा एउटा बिरामीलाई हेरेपछि साबुन-पानीले हात धोएर मात्र अर्को बिरामी हेर्ने चलन हराउन लागेको उनले औंल्याए ।

 

‘दुई-अढाई दशकअघि फिजिसियनहरू हरेक बिरामी हेरेपछि हात धुन्थे, अहिले त सेता गाउन लगाउनसमेत अप्ठ्यारो मान्दैछन् ।’ प्राध्यापक पोखरेलले पनि चिकित्साकर्मीले हरेक बिरामीलाई हेर्नुअघि साबुन/पानीले ३० सेकेन्डसम्म हात धुनुपर्ने बताए । कान्तिपुर दैनिकबाट