बुटवल, १३ चैत । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्ट्च्यिुट देवदहमा चिकित्सक आवास भवनको शिलान्यास भएको छ ।
१० करोडको लागतमा निर्माण हुने आवासीय भवनको शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो ।
नया व्यवस्थापनका साथ शुरु हुन लागि रहेको देवदह मेडिकल कलेजलाई यस क्षेत्रकै उत्कृष्ट स्वास्थ्य संस्था निर्माण गर्ने योजना रहेको छ । ३६ जना चिकित्सको परिवार सहितको आवास भवन एक वर्षभित्र निर्माण गर्ने योजना छ । लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष डा. प्राश्चित श्रेष्ठ र कलेजका अध्यक्ष निलकण्ठ काफ्लले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।
देवदह मेडिकल कलेजमा गौतमबुद्ध इन्टरनेशनल मेडिकल कलेजको लगानीसहित नया ढंगबाट अस्पताल सञ्चालन गर्न लागिएको हो । गौतमबुद्ध मेडिकल कलेज गौतमबुद्ध स्वाथ्य सेवा सहकारी संस्थाले दर्ता गरेको हो । दुई संस्थाको ५०/५० प्रतिशत शेयरबाट देवदह मेडिकल कलेज सञ्चालन गर्ने तयारी छ ।
कलेजका अध्यक्ष निलकण्ठ काफ्लेले शु्रुआती चरणमै अनेकन झमेला झेल्नु परेकाले अपेक्षाअनुरुप प्रगति हुन नसकेको भन्दै अबका दिनमा प्रभावकारी तरिकाले अघि बढ्ने बताउनुभयो ।
गौतमबुद्ध स्वाथ्य सेवा सहकारीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले देवदह मेडिकल कलेजलाई सेवामुखी संस्थाको रुपमा नया ढंगबाट अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष डा. प्राश्चित श्रेष्ठले स्वाथ्य सेवामा गम्भिर भएर लाग्न सके ठूलो प्रगति हासिल गर्न सकिने बताउनुभयो । लुम्बिनी अञ्चलमा मेडिकल कलेजलाई स्थापित गर्नका लागि आफ्नो सहयोगी भूमिका हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा कलेजका सञ्चालक हिमलाल ज्ञवाली, गौतमबुद्ध सहकारीका उपाध्यक्ष डा. रोहितराज क्षेत्री, कलेजका म्यानेजिङ डाइरेक्टर रजनीश जिन्दल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बिनोद घिमिरेले गर्नुभएको थियो ।
गौतमबुद्ध स्वाथ्य सेवा सहकारी लुम्बिनी कार्यक्षेत्र भएर सञ्चालनमा रहेको छ । सहकारीमा ८ सय सदस्य रहेका छन । सोही सहकारीले कलेजमा लगानी गरेको हो । कलेजमा १ सय २० नर्सिङ र ४० वटा कोटा एमबिबिएसको रहेको छ । कलेजमा दैनिक चार सय बिरामीले सेवा लिने गरेका छन ।













प्रतिक्रिया