– विकाश पराजुली
बुटवल, १३ चैत । कृषिमा नितिगत सुधार तथा निति निर्माण नहुँदा व्यवसायिक कृषिमा अझै कृषकहरुको आर्कषण नबढेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
उनीहरुले सरकारले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनेपनि कृषिमा आर्कषित गर्ने कुनै ठोस योजना नबनाउँदा सम्म देश आर्थिक समृद्धिको बाटोमा लाग्न नसक्ने बताए ।
शनिबार बुटवलमा आयोजित युवा संघ नेपाल केन्द्रीय कृषि तथा पैदावर विभागले “कृषि उत्पादनमा व्यवसायीकता, खेती प्रणालीमा बैज्ञानिकता र व्यवसायीक कृषिमा युवा सहभागिता” विषयक अन्र्तक्रिया एवं राष्ट्रिय अभियान शुभारम्भमा बोल्ने बक्ताहरुले कृषिमा सम्भावना र अवसरहरु भएपनि युवाहरुलाई देशमै बस्ने गरी निती नबन्दा कृषिमा आधुनिकिकरण हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अब बोलेर नभई काम गरेर देखाउने बेला आएको यो पहिलो प्रारम्भ भएको बताए । उनले राज्यले कृषिमा व्यवसायिकता सँगै देशलाई आर्थिक विकासमा अगाडि बढाउने क्रमागत रुपमा चरण–चरणका कार्यक्रम ल्याएर मात्र अगाडि बढे त्यो सम्भव रहेको बताए । उनले भने–“पहिलेको ईतिहासलाई अहिले पनि भन्दै हिडेर हुँदैन, ईतिहास ईतिहास हो, अब गरेर देखाउनुपर्छ ।”
देशको मेरुदण्ड नै अर्थतन्त्र भएको भन्दै युवाहरुलाई देशमा रोजगारी सिर्जना गर्ने ठोस योजना ल्याउनुपर्नेमा उनको जोड थियो । नेकपा एमाले स्थायी कमिटि सदस्य समेत रहेका पाण्डेले जग्गालाई सहि सदुपयोग गर्न सके पनि आर्थिक विकासमा ठुलो फ्ट्को मार्न सकिने बताए । उनले विभिन्न भुभागमा रहेका जग्गाहरुलाई प्रकृती अनुसार गर्न सकिने कामको ढाँचा बनाएपनि पनि देश आर्थिक सम्पन्नता हुने बताए ।
उनले भने–“हिमाल, पहाड र तराई जग्गाहरुको हावा, पानी र माटो सुहाँउदो व्यवसायीक खेतीका योजना सरकार बनाउनुपर्छ ।”
उनले देशलाई अर्थतन्त्रमा अगाडि बढाउन युवाहरुकै सक्रियता जरुरी रहेको भन्दै कौसी खेती गरेरै भएपनि युवाहरु यस अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले युवाहरुलाई संगठित बनाउँदै देशको आर्थिक विकासमा युवाहरुलाई लगाउनुपर्ने बेला आएको बताए । उनले कुनै समय मुक्तिको आन्दोलन गरेपनि अब युवाको आन्दोलन भनेको देशलाई आर्थिक समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हुने बताए ।
त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले व्यवसायीक रुपमा युवाहरु कृषिमा लाग्न सके नेपालको बेरोजगारी केही हद सम्म घट्ने बताए । यस्तै अष्ट्रिज नेपालका प्रालि अध्यक्ष सिपी शर्माले नेपालमा प्रसस्त सम्भावना रहेको भन्दै युवाहरुले चाहेमा देशमा नै केही गर्न सक्ने क्षमता रहेको बताए । उनले किसानलाई अनुदान दिएर मागी खाने भाडो बनाएको भन्दै किसानहरुलाई प्रोत्साहन सँगै अभिप्रेरणा सरकाले दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै आन्तारिक राजश्व कार्यालयका अधिकृत बुद्धिराम पौडेलले कृषिमा पनि केही राजश्व छुट भएकाले त्यस्ता अनुदान तथा छुट प्राप्त सामाग्री एवं औजारहरुको प्रयोग गर्न आग्रह गरे । यसैगरी भैरहवा भन्सार कार्यालयका प्रमुख गोपालप्रसाद भट्राईले कृषिमा प्रयोजनका लागि लिईने सामानहरुमा पनि सरकारी कर छुट रहेको भन्दै त्यसलाई उपयोग गर्न आग्रह गरे ।
क्षेत्रिय पशु निर्देशनालय पोखराका डा. देवनन्दन सारुले कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा पशु कार्यालय रुपन्देहीका ज्ञान उपाध्यया, कृषक हरी गैरे, अर्जुन कनौडो, राजेन्द्र अधिकारी, दुग्ध विकास संस्थानका लोखनाथ पाण्डे, कृषक गोविन्द प्रसाद आचार्य, विद्यार्थी रवि ज्ञवाली, पत्रकार महेन्द्र पाण्डे लगाएतले बोल्दै कृषिमा आधुनिकरण सँगै बैज्ञानिक करणको आवश्यकता रहेको औल्याएका थिए ।
कार्यक्रम विभागका अध्यक्ष देवराज पोख्रेलको अध्यक्षता तथा सरिता श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।














प्रतिक्रिया