३० आश्विन २०८३, शुक्रबार

नेपालीले दुबईमा मनाए भव्य होली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dubao-holi

– निमकान्त पाण्डे
दुबई । रंगहरुको पर्व होली शुक्रबार यूएईको दुबईमा पनि चितवन बासीहरुले उल्लासका साथ होली पर्ब मनाएका छन ।

आफ्ना गाउघरका साथीहरु सित होली खेल्न पाउँदा आफूहरुलाई खुसी लागेको पनि एसरी होली पर्ब मनाउन पाउँदा चितवन छोडेर बिदेश आएको अनुभव नभएको बताए ।

बिदेशी रोजगारीमा रहेका बेला गाउघर का सगीसाथीहरुको चाड पर्वमा निकै याद आउने र आफु कार्यरत देशको कानुन अनुसार रहनु पर्ने बाध्यअबस्थामा नेपालीहरुले आफ्नो चाडपर्वमा लुकेर मनाउनु पर्ने बाध्यताबाट केहि बाहिर निस्केदै दुबईको जाबिल पार्कमा खुसीका साथ होलीको रंग खेलेर होली पर्व मनाएका हुन।

होलीको मनोरंजन लिन अबुधाबी,अलेन, शारजा देखिका चितवन बासीहरुको बाक्लो उपस्थिति रहेको थिए ।