१६ कार्तिक २०८३, सोमबार

मनकी धनी विमला हायोजको अर्काे परोपकारी काम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimla-hayoge-2

काठमाडौं, १३ चैत । स्विजरल्याण्डमा रहेकी सुन्दर मनकी धनी विमला हायोजले अर्काे परोपकारी कार्य गरेकी छिन् ।

आफ्नो कमाईको केही अंश संधै असहाय नेपाली बालबालिकाहरु र महिलाहरुको सहयोगको लागि खर्च गर्दै आएकी विमलाले सडकमा रहेका बालबालिकासँग माया साटेकी हुन् ।

Bimla-hayoge-1

आफू जस्तै आफ्नी एकमात्र छोरी वर्षा हायोजलाई पनि नेपाली दुःखी मनमा मल्हम पट्टी लगाउने बनाएकी विमलाले आर्थिक अभाव र विभिन्न पारिवारिक कारणबाट सडकमा आएका र आउन सक्ने २५ जना बालबालिकाहरु लाई पूर्ण र आशिंक रुपमा सहयोग गर्दै विद्यालय पठाउँदै आएको एडेक नेपालको यो कार्यमा लामो समयदेखि निरन्तर महत्वपूर्ण सहयोगीको भूमिका खेल्दै आएकी छिन् ।

Bimla-hayoge

गत बिहीवार चर्चित गायक रामचन्द काफ्ले, जुनु काफ्ले लगायतसंग विमला एडेक नेपालको कार्यालयमा आई बालबालिकासंग भेट गरी रमाइलो गरी गीत, नृत्य तथा बालबालिकाहरुलाई हौसला दिई आर्शिवादसहित मीठो खाना खुवाएर मिठाई वितरण गरेर जानुभयो र एडेक नेपाललाई आर्थिक सहयोग पनि प्रदान गर्दै एडेक नेपालको कार्यमा खुशी व्यक्त गरिन् ।