
काभ्रे, १३ चैत । प्राकृतिक प्रकोपमा स्वयमसेवक परिचालन सहयोग गर्न स्थापित साइन्टोलोजी भोलुन्टर मिनिस्टर नेपालले अन्य सामाजिक कार्यमा पनि कार्यक्रम विस्तार गरेको छ ।
यसैक्रममा काभ्रेपलान्चोकको फुलबारीमा रहेको मठुरा पाटी स्थित मथुरा पाटी माध्यमिक बिद्यालयका कक्षा १ देखि ९ सम्मका १३० जना विद्यार्थीलाई उनीहरुको शैक्षिक स्तरमा बिकास होस भनेर शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा संस्थाका उत्पादन निर्देशक तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक गुणराज प्याकुरेलका साथै रेन्जन योसे शेनफेन कि अनामिका अर्याल प्याकुरेल सेवा समाजका अध्यक्ष उपेन्द्र प्याकुरेल साथै राजन प्याकुरेल, प्रविन गिरि, राजेन्द्र केसी, कपिल देउजा का साथै, २ स्वयम् सेवकको सहभागिता थियो ।
साथै सो टोलीले भक्तपुर मा रहेको १ प्राथमिक बिध्यलायाका १६ जना बबलिकलाई पाठ्यसामग्री लत्ताकपडा खाजा वितरण गरेको थियो । संस्थाले यसअघि नेपालका भूकम्प प्रभावित जिल्लामा मेक्सिकोको तोपोस कोलम्बियाको सेनेट तथा विश्व भरिबता ८५ स्वयम्सेविलाई नेपाल बोलाई सेवा प्रदान गरेको थियो ।

संस्थाले १४ जिल्ला १६ वटा अस्थायी बिद्यालय बनिसकेको छ साथै नेपालका विभिन्न जिल्लामा जाडोमा न्यानो कपडा वितरण गरिसकेको छ साथै मकवानपुर मा रहेको लोपुन्मुख बनकरिया समुदाय मा न्यानो कपडा सैशिक सामग्री एस् अघिनै वितरण गरिसकेको छ ।
यसका साथै यस संस्थाले २०१२ मा भारतको आसाम, २०१३ मा फिलिपिन्स र २०१५ मा भारतको चेन्नईमा आफ्ना स्वयम् सेवक पठाई सेवा प्रधान गरिसकेको जानकारी संस्थाका निर्देशक बिनोद शर्माले जानकारी दिनुभयो ।

नेपाल स्काउटका तालिम प्राप्त अनुशासित स्वयम् सेवक लाई परिचालन गरि अस्थायी बिद्यालय बनाउदा समयको सदुपयोग भएको जानकारी संस्थाका निर्माण निर्देशक तरुण रंजन दत्तले बताउनुभयो ।
नेपालका विभिन्न संघ सस्था साथै देश बाहिरका संस्थासंग मिलेर अगामी कार्यक्रम, बालबालिकाको लागि शैक्षिक सामग्री वितरण कार्यक्रम, स्वास्थ्य केन्द्र निर्माण, स्थाई बिद्यालय निर्माण तथा नेपाल राज्यभारी प्राकृतिक विपदमा काम गर्न सक्ने स्वयम् सेवक उत्पादन गरिने जानकारी संस्था का अन्तरिक निर्देशक दिपेन्द्र डंगोलले गराए ।












प्रतिक्रिया