८ कार्तिक २०८३, आइतबार

देउवाविरुद्ध पौडेल लागेपछि कांग्रेसमा खैलाबैला, के-के भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Paudel

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशन सकिएको दुई साता नवित्दै सभापति शेरबहादुर देउवाविरुद्ध अभियान थालेका छन् ।

पार्टीमा भागबन्डा हुन नहुने अडानका साथ उम्मेदवार बनी सभापतिमा पराजित भएका पौडेलले संसदिय दलको नेता चाहिने भन्दै शुक्रबार संस्थापन विरुद्ध गुटभेला गरेका हुन् ।

भेलाले संसदीय दलको नेतामा सभापति देउवालाई सर्वसम्मत हुन नदिने निर्णय गरेको छ । पौडेल पक्षधर नेताहरुले शुक्रबार महामन्त्री शशांक कोइराला निवासमा भेला गरी संसदीय दलको नेताको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो । राजधानी दैनिकमा समाचार छ ।