काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति र नेपाल चीन सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले नेपाल-भारत सम्बन्धको पारस्परिक हैसियतमा चुनौती र खतराका रुपमा हेरेका छन् ।
चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भारतसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरूको टिप्पणी छ। ‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेका सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतका लागि हितकर छैन’, भारतीय टेलिभिजन च्यानल जी न्युजले प्रसारण गरेको भिडियोमा भनिएको छ ।
चीनसँगको निकटना र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटता पनि भातरसँगको सम्बन्धकै मूल्यमा हुने उनीहरुको टिप्पणी छ ।
‘नेपालका प्रधानमन्त्रीले बेइजिङमा गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउने छ । अब नेपालले चीनको तियान्जिन समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्न सक्नेछ ।
यद्यपि, हालसम्म नेपालको तेस्रो देशसँग ९८ प्रतिशत व्यापार भारतमार्फत हुने गरेको छ,’ भारतीय पत्रकार सुधार रामाचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् ।
पत्रकार रामाचन्द्रनले चीनसँग नेपालले गरेको पारवहन सम्झौताले भारतमार्फत हुने नेपालको पारवहन व्यापारको एकाधिकार तोडेको लेखेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
















प्रतिक्रिया