२९ आश्विन २०८३, बिहिबार

आर्थिक वर्ष ०७०–७१ मा ४ लाख ४६ हजार युवा विदेशीय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidasaike-rojgar

काठमाडौं, १३ साउन । आर्थिक वर्ष ०७०–७१ मा ४ लाख ४५ हजार ७ सय १० युवा कामको खोजीमा विदेश गएका छन् । यो म्यानपावर एजेन्सीमार्फत गएका कामदारको मात्रै संख्या हो ।

विभिन्न च्यानल प्रयोग गरेर वैदेशिक रोजागरीमा जानेको संख्या पनि कम छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७०–७१ धनुषाबाट मात्रै २१ हजार ५ सय ८० युवा रोजगारीका लागि बिदेसिएका छन् ।

धनुषाबाट ९ हजार ६ सय २५ युवा कतार गएका छन् । साउदी अरबमा ५ हजार ४ सय ४५, मलेसियामा ४ हजार ६ सय २०, कुवेतमा १ हजार १७ र संयुक्त अरब इमिरेट्समा ७ सय ११ युवा गएका छन् । ०६९–७० मा त्यहाँबाट १८ हजार ८ सय ९४, ०६८–६९ मा ११ हजार ६ सय ४३ बिदेसिएका थिए ।

झापाबाट बाहिरिनेको संख्या १८ हजार ८ सय ३१ छ, जबकि अघिल्लो वर्ष १७ हजार ९ सय ८१ थियो । मोरङबाट १८ हजार १८, महोत्तरीबाट १५ हजार ७ सय ६४, नवलपरासीबाट १३ हजार ९८, रुपन्देहीबाट ११ हजार ८ सय १३ र दाङबाट १० हजार १ सय ३७ बिदेसिएका छन् ।

मनाङबाट ६९, हुम्लाबाट ८४, मुगुबाट १ सय ४५, जुम्लाबाट ३ सय युवा गएका छन् । काठमाडौंबाट ५ हजार ८ सय २३, ललितपुरबाट २ हजार ८ सय ४, भक्तपुरबाट १ हजार ६ सय १७ र स्याङ्जाबाट ७ हजार ३५ बिदेसिएका छन् ।