१६ कार्तिक २०८३, सोमबार

सडकमा बस पल्टिँदा २१ जना कृषक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

चितवन, १३ चैत । कृषक समूहलाई भ्रमणमा लिएर आएको बस अनियन्त्रित भई सडकमा पल्टिँदा २१ जना कृषक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दमकबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख १७९९ नम्बरको मिनिबस भरतपुर उपमहानगरपालिका–२ आँपटारीमा आज बिहान ३ः४० बजे दुर्घटना हुँदा बसमा सवार उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये १० जनाको भरतपुर अस्पतालमा र ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

दमकस्थित नवजागरण कृषक समूहका कृषक भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस