गोरखा, १३ चैत । नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन् ।
काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गथोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन् । उनको टोलीमा ३ जना नेपाली र उनीसहति १४ जनाको ब्रिटिस आर्मी छन् ।
मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन् ।
बिहीवार राति त्यही बसेका उनी शुक्रवार पनि सोही गेष्टहाउसमा बसेका थिए ।















प्रतिक्रिया