१६ कार्तिक २०८३, सोमबार

महँगोमा ग्यास बेच्ने बागबजारबाट पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass ra Tel Oil

काठमाडौँ, १२ चैत । ग्यास डिपोबाट तोकिएकोभन्दा बढी मूल्यमा ग्यास बिक्री गर्ने श्री शुभ ग्यास ट्रेडर्स र रचना ग्यास ट्रेडर्सका सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौँ बागबजार बस्ने शुभ ट्रेडर्सका सञ्चालक बाग्लुङ काँडेबाँस–९ का रामप्रसाद कँडेल र बागबजार बस्ने रचना ट्रेडर्सका सञ्चालक देवनारायण तण्डुकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

श्री शुभले ओम ग्यास भरिएका ३७ थान र रचनाले सुगम ग्यासका भरिएका १८ थान सिलिन्डर प्रहरीले बरामद गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका–९ गौशाला विजयचोक डेरा गरी बस्ने जोरपाटी नयाँबस्तीका ४५ वर्षीय हेमन्त राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राईसहित २५ जनालाई नगद रु आठ लाख ४८ हजार र १६ थान कौडासहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तै महानगरपालिका–१६ सोह्रखुट्टेस्थित विन्देश्वर श्रेष्ठको हजुरको पार्टी प्यालेसमा त्रिपासा खेलाइरहेको अवस्थामा नगद रु दुई लाख २६ हजार ६००, तीन थान त्रिपासा र त्यसको तीन थान गोटीसहित श्रेष्ठसहित आठजना सोही दिन परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस