– सुदीप अधिकारी
बर्दिया, १२ चैत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियालाई गुलरिया नगरपालिका–९ की इन्दिरादेवी पोख्रेलले जग्गा दान गरेकी छन् ।
गुलरिया नगरपालिका–४ चौगुर्जीमा करिव४ लाख मुल्य बराबरको १२ धुर जग्गा पोखे्रलले महासंघलाई दान गरेको पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष मिनराज शर्माले बताए ।
महासंघलाई दान गरिएको जग्गाको लालपुर्जा दाता इन्दिरादेवि पोख्रेलका छोरा सुभाषकुमार पोख्रेलले पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष मिनराज शर्मालाई हस्तान्तरण गरेका छन् ।
जग्गा प्राप्त गरे लगत्तै महासंघको भवन निमार्णको लागि पहल गरिने महासंघका अध्यक्ष शर्माले बताएका छन् । ‘ जग्गाको समस्या थियो । अब त्यो पनि पुरा भयो । विभिन्न निकायबाट सहयोग जुटाएर तत्काल महासंघको भवन निमार्ण प्रकृया सुरु गरिने छ,’ अध्यक्ष शर्माले भने । भवन अभावमा महासंघको कार्यालय जिल्ला विकास समितिको गेष्ट हाउसको एक कोठाबाट संचालन हुँदै आएको छ ।












प्रतिक्रिया