८ कार्तिक २०८३, आइतबार

नेपाली सेनाको यस्तो छ सह्रानीय काम, कपडा आफै उत्पादन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapada Udyogकाठमाडौं, १२ चैत । नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ । भएकै पुर्वाधार मर्मत संभार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो ।

सेनाले प्रारम्भीक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग सञ्चालनको प्रस्ताव गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’ले कारखाना सञ्चालन गर्ने तयारी हो ।

यो कम्पनी सैनिक कल्याण कोषको रकमबाट सञ्चालित छ । ‘संगठनलाई आवश्यक सामग्री उत्पादन गर्न सकिन्छ भनेर प्रस्ताव अघि बढाइएको हो,’ सेनाका सहायक रथी तथा प्रवक्ता ताराबहादुर कार्कीले भने ।

बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । उक्त उद्योग नेपाल र चीन सरकारको सयुक्त लगानीमा २०३२ मा स्थापना भइ २०३५ देखि कपडा उत्पादन गर्दै आएको थियो ।

विभिन्न कारणले ०५६ फागुनबाट बन्द यस उद्योगको वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो ।

०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।