८ कार्तिक २०८३, आइतबार

माओवादीफेरि बिभाजनको संघारमा, बैद्य र बादलबीच चरम विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-Maobadiकाठमाडौं, १२ चैत । एकीकृत माओवादीसँग पार्टी एकतालाई लिएर नेकपा (क्रान्तिकारी माओवादी)मा अध्यक्ष मोहन बैद्य र अर्का नेता रामबहादुर थापा बादलबीच विवाद देखिएको छ ।

केन्द्रीय समिति बैठकमा बैद्य र थापाले अलग अलग प्रतिवेदन पेश गर्ने भएका छन् ।

अध्यक्ष बैद्यले जनवादी क्रान्ति सम्पन्न नभइसकेको अवस्थामा समाजवादी क्रान्ति गर्ने एमाओवादी अध्यक्ष प्रचण्डको नीतिमा असहमति राख्दै तत्काल पार्टी एकीकरणको विपक्षमा मत राखेका छन् भने थापाले पार्टी एकीकरणपछि मात्रै राजनीतिक कार्यदिशाबारे निर्णय गर्नु पर्ने भन्दै प्रस्ताव ल्याउने भएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

केन्द्रीय समिति बैठकमा दुवै प्रतिवेदनमा छलफल हुँदैछ । पार्टी एकीकरणबारे बैद्य र थापाबाहेक अर्का नेता कुलप्रसाद केसीले पनि नयाँ प्रतिवेदन पेस गर्न सक्ने सम्भावना छ ।

यद्यपि बैठकको मूलय एजेन्डा भने प्रचण्डको नेतृत्वको एमाओवादीसँग तत्काल पार्टी एकीकरण गर्ने कि नगर्ने भन्ने नै रहने केन्द्रीय सदस्य हरिभक्त कँडेलले बताए ।