८ कार्तिक २०८३, आइतबार

यी शीर्ष नेतालाई मधेसमा प्रवेश नगर्न चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १२ चैत । मधेसी दलका युवाहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा नछिर्न चेतावनी दिएका छन् ।

वीरगन्ज व्यापार महोत्सवको उद्घाटन प्रचण्डले शुक्रवार गर्ने कार्यक्रम राखिएपछि मधेस केन्द्रित दलका युवाहरुको संघीय समावेशी मधेसी युवा गठबन्धनले प्रचण्डलाई मधेस छिर्न नदिने उर्दी जारी गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

महोत्सव उद्घाटन गर्न एमाओवादी अध्यक्ष प्रचण्ड शुक्रवार वीरगन्ज आउने कार्यक्रम सार्वजनिक भएपछि मधेसी दलका युवाले बिहीवार वीरगन्जको घन्टाघर चोकमा प्रदर्शन गर्दै मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् ।

उनीहरुले बिहीवार दिउँसो घन्टाघर चोकमा प्रचण्डको पुतलासमेत जलाएका छन् ।