– कृष्ण ओझा
पाँचथर, ११ चैत । मानवअधिकारकर्मी कृष्ण पहाडीले देशले बिबिध खाले राजनीतिको सामना गरिसकेकाले अवको राजनीति बिकास केन्द्रित हुनुपर्ने बताएका छन ।
पाँचथरको फिदिममा अयोजित जागरण सभालाई सम्बोधन गर्दै पहाडीले बिकासको राजनीतिले मात्रै राजनीतिक दलको अवको भबिश्य सुनिश्चित गर्ने धारणा राखे ।
मानव अधिकार तथा शान्ति समाजको संस्थापक सभापति समेत रहेका पहाडीले घृणाको राजनीतिले अराजकता र हिंसा मात्रै पैदा गर्ने भएकाले राजनीतिक दलका नेताहरुले त्यसलाई त्याग्न पर्ने बताए ।
शान्ति अहिंसा राष्ट्रिय स्वाभिमान एकता सद्भाव र आत्मसम्मान राष्ट्रब्यापी जागरण अभियान अन्तरगत आयोजित कार्यक्रममा २०७२ मंसिर ४ र ५ गते म्याग्दीमा सम्पन्न समाजको १८ औ राष्टिय परिषद बैठकबाट पारित प्रश्तावलाई बाचन समेत गरिएको थियो ।
प्रश्तावमा समाजमा घृणा र बिद्धेष फैलाउने अभिब्यक्ति मानवता बिरुद्ध भएको उल्लेख छ । समुन्नत र सक्षम समाज निर्माणका लागि समाजले १० बर्ष यता निरन्तर काम गर्दै आएको कार्यक्रममा जानकारी दिईएको छ ।













प्रतिक्रिया