१६ कार्तिक २०८३, सोमबार

चुरेभावरले भन्यो- ‘राष्ट्रियताका पक्षमा सबै उभिने बेला आयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badriprasad-Neupane
बद्रीप्रसाद न्यौपाने

काठमाडौं, ११ चैत । चुरेभावर क्षेत्रलाई समेटेर संघीय राज्यको माग गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्नो राजनीतिक गतिविधीलाई तीब्रता दिन थालेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारको कामकारबाहीका विषयमा साना राजनीतिक दलहरूसँग परामर्श गर्दै आएको चुरेभावर पार्टीले आज उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गरेको छ । अध्यक्ष बद्रीप्रसाद न्यौपानेको नेतृत्वमा पुगेको चुरेभावरको टोलीले मुलुकको राष्ट्रियता कमजोर हुन थालेको भन्दै चिन्ता जनाएको थियो ।

आफूहरूले राष्ट्रियताको पक्षमा आन्दोलन गरिरहेको भन्दै चुरेभावरका नेताहरू उपराष्ट्रपतिलाई सोही विषयमा चासो दिन आग्रह गरेको चुरेभावर पार्टीका प्रवक्ता केदारप्रसाद निरौलाले जानकारी दिनुभयो ।

‘उपराष्ट्रपतिज्यूसँग मुलुकको समसामयिक विषयमा छलफल भएको हो’, निरौलाले भन्नुभयो, ‘अध्यक्षज्यूको नेतृत्वमा गएको टोलीले राष्ट्रियताका विषयमा कुरा राखेको थियो ।’

उपराष्ट्रपतिसँगको भेटका लागि सचिव उमेर पराजुली, विदुर घिमिरे, सुशील न्यौपाने, सीताराम नेपालसहितको एक दर्जन नेताहरू उपराष्ट्रपतिको कार्यालय पुगेको थियो ।

चुरेभावर पार्टीको यो टोलीले छिट्टै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटको कार्यक्रम मिलाएको छ ।