१६ कार्तिक २०८३, सोमबार

होली खेल्दा खेल्दै युवाहरुले यस्तोसम्म गरे, समाजकै बेइज्जत भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

holiदाङ, ११ चैत । मध्यपश्चिममा होलीकै दिन लज्जास्पद घटना भएका छन् ।

मंगलबार मनाइएको होलीलाई उमंग र रंग पर्वका रुपमा मनाइएपनि दाङमा भने लज्जित बनाउने घटना भएको हो । त्यहाँ होली खेल्दै हिडेका युवाहरुले होलीकै दिन दुई बालिकाको अस्मिता लुटेका छन् ।

पुरन्धारा–६ बस्ने १६ वर्षीय टोपबहादुर ओली लगायतका केटाहरुले होली खेल्ने क्रममा सोही ठाउँ बस्ने १२ वर्षीया र १० वर्षीया २ बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ओलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–२४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार जुम्ला महत नगरपालिका–९ का २१ वर्षीय प्रताप खत्रीलाई पक्राउ गरेको छ ।