– विजय थापा
अफ्रिका । मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन भएको छ ।
एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवासीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय समितिमा सन्त बहादुर बिष्ट अध्यक्ष रहेका छन् ।
समितिमा इन्द्रसिंह लामा र कमल गौतम उपाध्यक्ष, कृष्णचन्द्र सेढाई महासचिब र राजकुमार केसी कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्रशान्त शर्मा, लबकुमार थपलिया, उमेश दाहाल, सुमन बिके, सुनिल बिके र दुतराज लामा चयन भएका छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार इकोटिरियल गुयाना अफ्रिकाको मध्य पश्चिममा पर्ने अफ्रिकाकै प्रमुख तेल निर्यात गर्ने राष्ट्र मध्ये एक हो ।
यहाँ करिब दुइ दर्जन नेपालीहरु विभिन्न ब्यबसायमा सलग्न छन् । इकोटिरियल गुयाना अब एनआरएनएको ७३ औं शाखा र अफ्रिकाको १५ औं एनआरएनए शाखा हुनेछ ।















प्रतिक्रिया