१६ कार्तिक २०८३, सोमबार

क्याप्टेन थापा मेम्बरस अफ ब्रिटिस एम्पाएर नामक पदकबाट विभूषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Harry Pokhara (4)

पोखरा, ८ चैत । बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्वब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई ‘मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गर्नुभएको छ ।

समाज सेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा सेनालाई प्रदान गरिने सो उच्च पदक क्या थापाले समाजसेवाका क्षेत्रमा प्राप्त गर्नुभएको हो ।

नेपालको पाँचदिने भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले महारानीका बक्स भएको सो पदक क्या थापालाई आज यहाँ रहेको ब्रिटिस गोर्खा नेपालको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदान गर्नुभयो ।

गोर्खा वेल्फेयर स्कीम कार्यक्रमअन्तर्गत क्या थापाले प्राविधिज्ञ भई करिब १९ वर्ष समाजसेवा गर्नुभएको थियो । यस क्रममा उहाँले सो स्कीमअन्तर्गत ग्रामीण क्षेत्रमा ७४ विद्यालय र ४५ हजार घरधुरीका करिब दुई लाख ७५ हजार जनतालाई ९०० योजनामार्फत पिउने पानीको उपलब्धता पु¥याउनुभएको थियो ।

राजकुमार ह्यारीबाट पदक ग्रहणपश्चात् क्या थापाले आफूले गरेका समाजसेवालाई बेलायती महारानीबाट कदर भएकामा खुसी व्यक्त गर्नुभयो ।

राजकुमार ह्यारीले आज नै अफगानिस्तानमा वीरगति प्राप्त गरेका ब्रिटिस गोर्खाको सम्झनामा कार्यालमा राखिएको स्मारकमा श्रद्धासुमन अर्पण तथा परिवारका आफन्तजनसित भलाकुसारी गर्नुभएको थियो । रासस