३० आश्विन २०८३, शुक्रबार

गौतमले यसकारण दुई छोराको बियोगमा झण्डै ज्यानदिएका थिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

b8– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत मार्च २० तारिख लक्ष्मी प्रतिष्ठानकागतिबिधिहरुको प्रस्तुति संजाल विस्तारका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थितिमा भव्यताको साथ सम्पन्न भएको छ ।

थोरै वक्तालाई मन्तब्य राख्न दिने र धेरै कुरा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमको सुन्ने छौ भन्ने जानकारी साथ सुरु गरिएको कार्यक्रम १ मिनेट मौन धारण, नेपाली राष्ट्रिय गान तथा स्थानीय कलाकार खेम संग्रौलाले भक्त राज आचार्यको जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र गीत सुनाएपछि औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो ।

b16लक्ष्मी प्रतिष्ठानको संक्षिप्त परिचय कार्यक्रम संचालक दधिराम ढुंगानाले गरेका थिए । यसैगरी कार्यक्रम ब्यबस्थापनको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राम बस्यालले बिष्णु गौतमको छोटो परिचय दिदै कसरी संस्थापक गौतमसंग सम्पर्क हुन् गयो र यस संस्था संग कसरि आबद्ध भए भनि छोटकरीमा बताएका थिए ।

कार्यक्रमको सभापतित्व व्यवसायी तथा समाजसेवी राजिव मैनालीले गर्नु भएको थियो भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की तथा बिशेष अतिथिमा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतम हुनु हुन्थ्यो ।

कार्यक्रममा लक्ष्मी प्रतिष्ठानको वृतचित्र प्रदर्शन गरिएको थियो भने डिसी महानगर क्षेत्रका केही सीमित संघ तथा संस्थाको तर्फबाट गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाका सभापति मुक्ति दवाडी ,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी , नेपाल अमेरिका परिचारिका समाजकि अध्यक्ष मंजु संग्रौला, राजन घिमिरेको साथै आकृति खनालले लक्ष्मी प्रतिष्ठान तथा बिष्णु गौतम बारेमा बोलेका थिए ।

b 1कार्यक्रममा आजीवन सदस्यहरुको घोषणा गरिनुको साथै नया आजीवन सदस्यहरु बन्ने घुइचो लागेको थियो । प्रमुख अतिथि राजदूत कार्कीले संस्थाको बारेमा जान्न पाउँदा हर्ष लागेको भन्दै बिष्णु गौतम र लक्ष्मी प्रतिष्ठानले गरेको अतुलनीय काम प्रति ज्यादै प्रभावित भएको बताउनु भयो ।

गौतमले आफूले कसरी पुत्र बियोगको सामना गरेका थिए सो विषयमा जानकारी गराए । ९ महिनाको अन्तरालमा आफूले राम र लक्ष्मण जस्तै छोराहरु एउटा नेपालमा र अर्को अमेरिकामा गुमाएको र आफूले भोगेका त्यो दर्दनाक दिन संस्मरण सुनाउने क्रममा सबै जना भाबुक बने । गहभरी आँशु टिलपिल रह्यो ।

दुखद क्षण सुनाउदै र क्षतविक्षत वातावरणमा भएका दुई छोराहरु अकाल मृत्युमा परि संसार त्यागे भने हामी कसरी बच्नुभन्दै आफू पनि प्राण त्याग्ने मानसिकतामा पुगेको कथा सुनाउदा सहभागीहरु भाव बिभोर हुन् पुगेका थिए ।

एउटा पर्यटन ब्यबसायमा लागेको मानिस अचानक आएको दुःखको भुमरीले समाज सेवामा होमिनु पर्यो भन्नु भन्यो । आफूले प्राण त्याग्ने भन्ने सोचलाई परिवर्तन गरेको बताउनु भयो ।