काठमाडौं । दुई चिकित्सकको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा एक कलेज सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ भने अर्काले उन्मुक्ति पाएका छन् ।
चेल्सी स्कुलका नामले चिनिने विद्या संस्कार स्कुलका प्रिन्सिपल सुधीर झाले सोर्सफोर्सका आधारमा उन्मुक्ति पाएका हुन् ।
झाकै स्कुलका विद्यार्थी बोकेको माइक्रोबसले फागुन ९ गते महाराजगञ्जमा दुई चिकित्सकलाई किचेको थियो । प्रहरीले गत बुधबार चालक अर्जुन सेवासहित चार जनाविरुद्ध सवारी ज्यान मुद्दा चलाएको थियो । जसमा जेभिएर कलेज इन्टरनेशनलका सञ्चालक लोकबहादुर भण्डारी समेत परेको समाचार दृष्टि साप्ताहिकले छापेको छ । भण्डारीको कलेजले उक्त गाडी चेल्सीलाई लिजमा दिएको आधारमा भण्डारीलाई मुद्दा दायर गरिएको छ भने चालक र गाडीको बारेमा केही अध्ययन नगरी चलाउने चेल्सीका झालाई भने उन्मुक्ति दिइएको छ ।
९ फागुनमा दिउँसो सवा चार बजे विद्या संसार स्कुलका विद्यार्थी बोकेको बा १ प ४३ नम्बरको माइक्रोबसको ठक्करबाट त्रिभुवन विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थान (आईओएममा) एमडी प्रथम वर्षमा अध्ययनरत डा. सञ्जिव सुवेदी र डा. सोनी आनन्दको घटनास्थलमै मृत्यु भएको थियो ।















प्रतिक्रिया