२९ आश्विन २०८३, बिहिबार

कोरियामा २६ हजार नेपालीले पाए रोजगारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

south-korea

काठमाडौं, १३ साउन । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली इपीएस एमओयूमा हस्ताक्षर भएको ७ वर्षमा २६ हजार नेपाली युवाले रोजगारी पाएका छन् ।

गत जुन अन्तिमसम्ममा कोरिया भित्र्ने नेपालीको संख्या २५ हजार २ सय १६ रहेको छ । जुलाइमा ७ सय ७६ जनाको भिसा इस्यु भएको छ । सन २००७ को जुलाई २३ मा तत्कालिन श्रमराज्यमन्त्री रमेश लेखक र कोरियाका श्रममन्त्री ली साङ सुले दुई पक्षीय हस्ताक्षर गरेका थिए ।

कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक अदक्ष कामदार आपूर्ति २००४ अगस्ट १७ बाट इपीएस लागू गरेको हो । यसबाट हाल १५ मुलुकका ५ लाख ६० हजारभन्दा बढी कामदार कोरिया आएका समाचार आजको कान्तिपुर दैनिकमा छ ।