– कुमार अविरल पन्थी
कतार । नमस्ते नेपाल हातेमालो सामाजिक संस्था शाखा कतारको अधिबेशनको समीक्षा एवम् प्रथम बैठक सम्पन्न भएको छ ।
शाखा अध्यक्ष रमेश दर्नालको अध्यक्षतामा बसेको बैठकमा प्रथम उपाध्यक्ष हिमलाल शर्मा, केन्द्रय सल्लाहकार एवम् शाखाका प्रमुख सल्लाहकार र्इश्वर काफ्ले लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकमा आजीवन सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
बैठकमा बिभिन्न निर्णयहरु गर्दै दोश्रो अधिबेशनको समीक्षा गर्दै आगामी दिनमा कार्यक्रम गर्दा अपनाउन पर्ने दुरदर्शिता, स्थान छनोटमा पहुच र समन्वय गर्नु पर्ने सघ संस्थाको जिम्मेवारी प्रती सबैले एकरुपता जनाउने निर्णय गरेको छ ।
बैठकमा दुइ सदस्यलाइ मनोनयन गरी कुल १९ सदस्सीय कार्यसमिति चयन गरेको छ । मनोनीत सदस्यहरुले भोलिको सहकार्यता निरन्तर रहने प्रतिबद्धता जनाएका छन ।
संस्थाको आर्थिक अवस्थालाइ मध्यनजर गर्दै कार्यसमिति पदाधिकारीहरुबाट सदस्य शुल्क सङ्कलन गरी संस्थाको आर्थिकस्तर बृद्धि गर्ने निर्णय गरेको छ ।
कतार शाखालार्इ सबै समान कार्य बिभाजन र जिम्मेवारी बाडफाट गर्दै बिभागीय संयोजक चयन गरेको छ ।
संस्थाको जुन सुकै तहमा रहेता पनि बिभागीय जिम्मेवारी संयोजककै मातहतमा कार्य सम्पादन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
कला साहित्य र सास्कृतिक बिभाग संयोजक शरद पाण्डे, सदस्य र्इश्वर काफ्ले, अनिल बानियाँ, दिनेश सापकोटा, रमेश दर्नाल, रेडियो बिभाग संयोजक कवलराज पुन, सदस्य बुद्दिराम सुनार, हीरालाल शेर्पा, यातायात बिभाग संयोजक गोबिन्द कार्की, छत्रपति चलाउने, लीला अधिकारी, पब्लिक रिलेसन सयोजक अबु बकर अलि, सदस्य प्रेम चलाउने, सदस्य भरत बडाल, सूचना बिभाग संयोजक केशब कंडेल, सदस्य रमेश दर्नाल, अनिल बानियाँ रहनु भएको छ ।
संस्थाले नियमित मासिक बैठक हरेक महिनाको दोश्रो हप्ताको शुक्रवार राख्ने जानकारी दिएको छ ।















प्रतिक्रिया