७ कार्तिक २०८३, शनिबार

यी हुन् देउवालाई सुःखले खान नदिने नेता, फेरि पनि भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Paudelकाठमाडौं, ९ चैत । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच अर्को प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिन लागेको समाचार नागरिक दैनिकले छापेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन् ।

१३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीब्र बनाएका छन् ।

सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र सम्भव नभए अधिकतम सांसदलाई पक्षमा पार्न देउवा निकट नेता सक्रिय छन् ।

सभापतिमा समर्थन गरेका सांसद संख्या आंकलन गर्दै उनीहरु सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन् ।

तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए ।