१६ कार्तिक २०८३, सोमबार

शारदा उच्च माविमा आर्थिक अनियमितता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women (2)

– बिरेन्द्र भट्ट
धनगढी, ८ चैत । शारदा उच्च मावि धनगढीमा विगत दुई वर्षदेखि आर्थिक अनियमितता हुने गरेको तथ्य बाहिर आएको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, केही अभिभावक लगायतको आपसी मिलोमतोमा शिक्षा सेवा ऐन विपरीत आर्थिक अनियमिता हुने गरेको सारदा उच्च माविकी पुर्व प्राचार्य विमला पन्त ओझाले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीको शिक्षा ऐन अनुसार मासिक सुल्क तिर्नुपर्ने व्यवस्था नभएपनि अहिलेको समितिले प्रति विद्यार्थीबाट रु. दश हजार एकमुष्ट लिने गरेको, विद्यालय व्यवस्थापन समितिको २०७१ असोज २८ मा बसेको बैठक मार्फत संयोजक राख्न नपाउने प्रावधान अनुरुप २०६५ मा सर्बोच्च अदालतबाट समेत निर्णय भइसकेको अवस्थामा त्यसलाई लत्याउदै शारदा उच्च माविमा आंशिक शिक्षकका रुपमा कार्यरत शिक्षकलाई नै संयोजकको जिम्मेवारी दिइएको, पूर्णकालिन र आंशिक शिक्षक तीन जनालाई हाजिर र भपाई बिना नै तलब खुवाउने गरेको जस्ता दर्जनौं अनियमितता गर्ने गरेको बताइएको छ ।

लेखापाल पदको छनौट प्रक्रियाविना नै कमला सुनारलाई नियुक्त गरिएको छ भने उनको डेढ वर्षमै तलब बृद्धि गरी २१ हजार एक सय पुर्याइएको छ । उनी आइए पास मात्रै हुन । नेपाल सरकारले सुब्बास्तरलाई १८ हजार ६ सय तोकेको छ । तर विद्यालय व्यवस्थापन समितिले मनपरी तरिकाले लेखापालको तलब बृद्धि गरेको छ । सुनारलाई लेखापाल बनाउन भनी उनकै श्रीमान नृप सुनारलाई पदपूर्ति समितिमा राखिएको थियो ।

सो विद्यालयका प्राचार्य विमला पन्तलाई विद्यालय व्यवस्थापन समिति र केही शिक्षकहरुले प्राचार्य पदबाट राजीनामा दिन दबाब गरेको थियो । उच्च माविसम्म पढाइ भइरहेको उक्त विद्यालयमा स्नाकोत्तर पास नगरेका व्यक्तिलाई निमित्त प्रअमा नियुक्त गरिएको छ । निमित्तको जिम्मेवारी पाँच महिनाका लागि भनिएकोमा अहिलेसम्म निमित्तकै भरमा उनी कार्यरत छन् ।

विद्यालय व्यवस्थापन समिति र त्यहाँ कार्यरत शिक्षकहरुले आफू अनुकुल फाइदा लिनका लागि पन्तलाई राजिनामा गर्न दबाब दिएपनि उनको दस्तखतविना राजिनामा स्वीकृत भएको भनिएको पन्तले गुनासो व्यक्त गरिन ।

लामो समयदेखि शिक्षा पेशामा समर्पित एउटा संघर्षशिल महिला पन्तले भनिन् मलाई सम्मान गर्नुपर्नेमा विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा कार्यालयको व्यवहारले मानसिक विक्षिप्त भएकी छु ।

मलाई बदनीयतपूर्ण तरिकाले विभिन्न आरोप लगाएर दुख दिने गरेको पन्तले गुनासो व्यक्त गरिन । उनले आफूमाथि लगाएको आरोप निराधार भएको पत्रकार सम्मेलनमा दाबी गरिन् ।

म न्यायका लागि जिल्ला शिक्षा कार्यालय कयौं पटक धाए तर जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले मेरो गुनासो सुन्न पनि चाहेनन् पन्तले पत्रकार सम्मेलनमा गुनासो गर्दै भनिन ।