२९ आश्विन २०८३, बिहिबार

४४४ सभासद् गयल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsadकाठमाडौं, १३ साउन । व्यवस्थापिका संसद्‌मा सोमबार अधिकांश सभासद् अनुपस्थित हुँदा नियमित कारबाही स्थगित गर्नुपरेको छ। २६ सभासद् मनोनीत भइनसकेकाले पाँच सय ७५ मध्ये चार सय ४४ जना सभासद् संसद् बैठकमा गयल भएका छन्।

तलबभत्ता प्रयोजनका लागि कतिपयले हाजिर गरे पनि विधेयक पारित गराउने बेलामा एक सय ३१ सभासद्मात्र बैठक कक्षमा थिए। गणपूरक संख्या नपुगेका कारण स्थानीय स्वायत्त शासन ९पहिलो संशोधन विधेयक० २०७१ को कारबाही अवरुद्ध भएको थियो।

संसद् बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल समापनपछि साँझ साढे ७ बजे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख सुवास नेम्बाङले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक संख्याबारे प्रश्न उठेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रस्तावमाथि ६० जना सभासद्ले छलफलमा सहभागी भई निर्णयार्थ प्रस्तुत हुन लाग्दा एमाओवादीका सभासद् रामनारायण बिडारीले गणपूरक संख्या नपुगेको भन्दै गणपूरक संख्या माग गरेका थिए।

त्यसपछि सभामुखले तीन मिनेट घन्टी बजाई सचिवालयलाई गणपूरक संख्याको लागि निर्देशन दिएका थिए। सचिवालयले गणपूरक संख्या गणना गर्दा पाँच सय ७५ सभासद्को एकतिहाइ एक सय ५१ हुनुपर्नेमा एक सय ३१ मात्र भएको जानकारी दिएपछि सभामुख नेम्बाङले गणपूरक संख्या नपुगेको घोषणा गरे।

उनले भने, ‘विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अनुमोदन गर्न गणपूरक संख्या नपुगेकाले बाँकी कार्य कार्यसूचीबाट हटाइएको हो।’