२९ आश्विन २०८३, बिहिबार

होलीमा हिंसा बन्द गरौं, विकृतिरहीत पर्वको रुपमा मनाऔं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niru-thapaहोली एउटा शब्द मात्र होइन । रंगहरुको प्रतीक पनि हो । होली भन्ने बित्तिकै रंग, अविर अनि लोलाको चाड भन्ने बुझिन्छ । साथीभाई तथा आफन्तको मस्तीको सीमा पार गरेर एउटा बेग्लै रमाइलो अनुभूति गराउने रसिलो चाड पनि हो होली । होली न जाडो न गर्मी महिनामा हुने भएकाले पनि यो पर्वको रौनक बेग्लै पाउन सकिन्छ । होलीलाई हिन्दूहरुले विशेष चाडका रुपमा मनाउने गर्दछन् । चाहे दसैं होस् या तिहार या तिज होस् वा होली नै किन नहोस् जहाँ पनि नेपालीलाई आफ्नै औकात देखाउने बानी परिसकेको छ । होली अर्थात् फागु पूर्णिमामा हिरण्यकश्यपुकी बहिनी होलीका लाई आगोमा दहन गरी मारेको उपलक्ष्यमा भगवान् विष्णुको खुसी साट्न मनाउन थालिएको पर्व हो ।

पछिल्लो समय होली पर्व नजिकिएसँगै बालिका हुन् वा उमेर ढल्किएका महिला नै किन नहुन् हिंसाको मारमा पर्ने गरेका छन् । होली रंगहरुको पर्व र खुसी बाँड्ने पर्व हो । तर आजकाल यो पर्व हिंसाको पर्व पनि बन्न थालेको छ । यसै प्रसंगमा गतवर्ष अर्थात् २०७१ सालको होली पर्वका दिन म एउटी साथीको बर्ड डे मा जान लागेकी थिएँ । बीच बाटो नपुग्दै निथ्रुक्क भएँ । अनि त्यहीबाट फर्कन बाध्य भएँ । यो मेरो ब्यक्तिगत वेदना हो । गुल्मी तम्घासकी सन्जु थापा पनि होलीका दिन घरबाहिर समेत ननिस्कने बताउँछिन् । उनी भन्छिन्– मलाई त होली कहिल्यै नआओस् जस्तो लाग्छ । सन्जु जस्तै फुर्सद भएकाहरु घरमै बसेर दिन काट्लान् । तर पेसागत दायित्व पूरा गर्न र जरुरी कामले घर बाहिर निस्कनेहरुका लागी भने यो सम्भव छैन ।

होली आउन केही दिन बाँकी छँदैदेखि नै सुरु हुने लोला हान्ने प्रवृत्तिले विशेष कामले आफ्नो घरबाहिर जानेहरुलाई मानसिक तनाव नै हुने गरेको छ । होली सद्भावको पर्व हो । यो आपनो रहर पुरा गर्ने एउटा अवसर पनि हो । तर आफ्नो रहर पुरा गर्ने धुनमा अरुको पीडालाई वेवास्ता गरिनु हुँदैन । परम्परागत रुपमा यो अविरको पर्व हो अनि खुसीको पर्व हो । होलीलाई असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा लिइन्छ । मौलिक संस्कृतिका रुपमा मनाउँदै आएका हाम्रा चाडपर्वमा पश्चिमेली प्रभावका कारण त्यसको मुल लक्ष्य नै हराउँदै गएको छ । सोहीअनुरुप होलीमा पनि विभिन्न किसिमका विकृति भित्रिएका छन् । जसको नियन्त्रणका लागी प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन ।

खुसी र हर्षका नाममा खेलिने होली आज कुरुपतामा परिणत भएको छ । यसका विरुद्ध कैयौं आवाज उठे पनि होली खेल्ने क्रममा सुधार आउन सकेको छैन । यो विकृति बन्दै गएको छ । आफ्ना साना बालबालिकासमेत नराम्रो विकृतितर्फ फस्दै गएकोतर्फसमेत अभिभावकहरुले ध्यान पु-याएको देखिँदैन ।

होली कहिले र कसरी सुरुवात भयो भन्ने कुरामा एकमत नभए पनि यो पर्व नेपालमा राजा मानदेवको पालादेखि सुरुवात भएको पाइन्छ । पहिलेको होली मनाउने परम्परा र अहिलेकोमा विल्कुलै फरक छ । संस्कृतिको नाममा विकृतितर्फ धकेलिएको हाम्रो समाजलाई समयमै सजग र सचेत नबनाउने हो भने हामीले ठूलो समस्या झेल्नुपर्ने हुन्छ ।

अविर र रंगसँग खेलिने यो पर्व अहिले अपरिचित ब्यक्तिलाई बेलुन र प्लास्टिकमा फोहोर पानी भरेर हिर्काएर रमिता र्हेने पर्वमा रुपमा विकसित हुँदै गएको छ । जुन असभ्य र नकारात्मक कार्य हो । विशेष गरी युवतीहरु यसबाट नराम्रोसँग प्रभावित छन् । यस मामिलामा कतिपय पुरुष निकै अभ्रद व्यवहार प्रदर्शन गर्न पछि हट्दैनन् ।

क्याम्पस र स्कुलबाट फर्किएका युवायुवतीसमेत हातमा लोला लिएर हिँडेका भेटिन्छन् । खुसी र हर्षका नाममा खेलिने होली आज कुरुपतामा परिणत भएको छ । यसका विरुद्ध कैयौं आवाज उठे पनि होली खेल्ने क्रममा सुधार आउन सकेको छैन । यो विकृति बन्दै गएको छ । आफ्ना साना बालबालिकासमेत नराम्रो विकृतितर्फ फस्दै गएकोतर्फसमेत अभिभावकहरुले ध्यान पु-याएको देखिँदैन ।

ठूला मानिसले गरेको कामको नक्कल गर्दै कलिला बालबालिकासमेत सडकमा पुगेर जबरजस्ती लोला हानी रहेका देखिन्छन् । उनीहरुलाई के ठीक र के बेठीक भन्ने नै थाहा नभएको हुनसक्छ । त्यसैगरी अविरको सट्टा कडा खालको इनामेल वा रंगको प्रयोग पनि अत्यधिक बढ्दै जाँदा बालबालिकाको स्वास्थ्यमा त्यसले गम्भीर असर पारिरहेको हुन्छ

होली खेल्ने चाहना भएमा रंग र पानीमा मात्र खेलौं, फोहोरको लोला बनाएर सडकमा हिँडिरहेकाहरुलाई छ्यापेर केहीबेर रमाइलो गर्दैमा न होलीको महत्व बढ्छ न त त्यसले सामाजिक चेतना फैलाउन नै सहयोग पुग्छ ।

होलीमा रंग खेल्ने संस्कृति आफैंमा उमंग र हर्षोल्लासको क्षण हो । वर्षभरिको पीडा, रिस, राग एवम् उचनीचको भावनालाई बिर्सिएर विजयको प्रतिकको स्वरुप अविरको पर्व मनाउनु महत्वपूर्ण कुरा हो । तर जोसमा होस् नराख्ने बानीले हामीलाई पु¥याएको हानीप्रति सजग हुनु आवश्यक छ ।

होली पर्वको सामाजिक तथा पौराणिक महत्वलाई जिवित राख्दै नयाँ युग सुहाउँदो गरी यो पर्व मनाउन सकियो भने मात्र पुस्तौं पुस्तासम्म हाम्रा संस्कृतिहरु जिवन्तरुपमा हस्तान्तरित हुँदै जान्छन् । तब मात्र होली पर्व मनाउनुको सार्थकता हुन्छ । साथीसंगी भेला भएर वा आफन्तहरुसँग खुसी टासासाटा गरे मात्र यसलाई उमंगको पर्वका रुपमा मनाउन सकिन्छ । तर परम्परा जोगाउने नाममा भइरहेका मनपरी नियन्त्रण गर्न नसकिँदा होली पर्व दिनदिनै कलंक सावित हुँदै जाने निश्चित छ ।