७ कार्तिक २०८३, शनिबार

प्रम ओलीले यसकारण रोजे सञ्चालनमै नआएको हिमालय एयरलाइन्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Biman

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जम्बो टोली लिएर चीन प्रस्थान गरेका छन् । ओलीले जम्बो टोली लिएर चीन गएको भन्दा पनि उनको टोली चीन जाँदा चढेको विमानको अहिले ठूलो चर्चा छ ।

ओलीले किन सञ्चालनमै नआएको विमान चार्टर गरे ? प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्तो काम गर्न मिल्छ भन्ने प्रश्न अहिले उठेको छ ।

सञ्चालनमै नआएको विमान चार्टर गरेको कुरालाई कसैले पनि समर्जन गर्न नसके पनि नेपाल वायुसेवा निगमको व्यवहारबाट प्रधानमन्त्री ओली यसअघि नै अपमानित र असुरक्षित भएको कारण उनले अहिले बाध्य भएर हिमालय एयरलाइन्स रोज्नुपरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आर्थिक दैनिकमा खबर छ ।