७ कार्तिक २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्रलाई जिल्याउन को हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendraकाठमाडौं, ८ चैत । गद्दिच्यूत भएको रातदेखि नै राजतन्त्र पुनःस्थापनाका लागि भिडेर लागेका पूर्वराजा ज्ञानेन्द्र शाह विदेशी शक्तिहरूसँग आजित र आक्रोशित हुन थालेको बुझिएको छ ।

कांग्रेसको १३औँ महाधिवेशनमा राजावादी रुझानका नेताहरूको हाली मुहाली भएपनि राजतन्त्र पुनःस्थापना यिनको भरमा नभएर अरुकै भरमा हुने पूर्वराजा ज्ञानेन्द्र शाह निकटहरूले बताउन थालेका छन् ।

राजतन्त्र पुनःस्थापनाका लागि ज्ञानेन्द्र शाहले लामो समयदेखि नै स्वदेश र विदेशमा समेत होसियारीपूर्वक अभियान चलाइरहेका छन् । यसका लागि उनले खुलाभन्दा धेरै गुप्त कुटनीतिक अभियान चलाइरहेका छन् ।

यही कारण उनी सन् २०१५ र २०१६ मा गरी आधा दर्जन पटक थाइल्यान्ड पुगिसकेका छन् । छोरा पारसलाई भेटन् नभएर उनी अरु नै गुप्ती कामका लागि थाइल्यान्ड जाने गरेको बुझ्न गाह्रो छैन । साँघु साप्ताहिकले समाचार छापेको छ ।

काठमाडौंमा रहँदा छोरा भेट्न पर्ने किन हुन्छ ? जानकारहरू प्रश्न गर्छन् । पूर्व महाराज ज्ञानेन्द्र शाहको भ्रमणको विशेषता के हुने गरेको छ भने उनी थाइल्यान्ड जान्छन् र फर्कदा नयाँदिल्ली भएर फर्किन्छन् । भारतमा कांग्रेस आई सत्तारुढ हुँदा नेपाली नेताहरूले सोनिया गान्धीलाई भेट्न सक्दैनथे तर ज्ञानेन्द्र शाहले डिनर मिटिङ गरेका थिए ।

थाइल्यान्डमा उनले चिनियाँ र भारतीय शक्तिकेन्द्रका विशेष प्रतिनिधिहरूसँग वार्ता गर्ने गरेको बताइन्छ । केही जानकार स्रोतहरूको दाबी छ, राजतन्त्र पुनःस्थापना समबन्धमा ज्ञानेन्द्र शाहले नयाँदिल्लीमा पाँच पटक वार्ता गरिसकेका छन् ।

यस्ता वार्ताबाट उनी उत्साहित हुँदै नेपाल फर्किने, उनको वरिपरिकाहरू पनि उत्साहित भएर राजतन्त्र फर्किन्छ भन्दै हिँड्ने गर्थे । तर, हरेक पटकको विशेष भेटघाट, वार्तापछि आश्वासन कार्यान्वयन भन्दा पनि पूर्व महाराजा ज्ञानेन्द्र शाहलाई अलमलाएर राख्ने काम मात्र भएको निकटहरूले बताएका छन् ।

वार्ता उपलब्धीमूलक तर कार्यान्यन फुस्सा भएपछि ज्ञानेन्द्र शाह हिस्स परेको अवस्था छ । दर्जनौँ पटक विशेष भेटघाट र वार्ता गरेर ज्ञानेन्द्र शाहलाई हिस्स पार्ने छिमेकी मित्र राष्ट्रका शक्तिहरू अनुमान लाउन सकिए पनि त्यस्ता पात्रहरू पर्दा पछाडि नै छन् ।