७ कार्तिक २०८३, शनिबार

किन लाग्यो गृहमन्त्री बस्नेतमाथि नै डाँका मुद्दा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti Bahadur Basnetकाठमाडौं, ८ चैत । गृह मन्त्रीको काँधमा देशको शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी र दायित्व हुन्छ । उनले आफ्नो यही दायित्व पूरा गर्न आफू मातहतको मन्त्रालयका विभिन्न अंगको नेतृत्व गर्छन् ।

गृह मन्त्रीको कार्यभार सम्हालेदेखि नै हालका गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि यही काममा आफूलाई होमिरहेका छन् । तर आश्चर्य, भद्र र मिजासिला स्वभावका यी क्रान्तिकारी युवा मन्त्री आफैलाई भने गम्भीर प्रकृतिको मुद्दा लागेको साँघु साप्ताहिकले समाचार छापेको छ । लामो समयदेखि उनीमाथि गम्भीर प्रकृतिका मुद्दा लागे पनि यी मुद्दा अझै पनि अदालतमा चलिरहेका छन् ।

तत्कालीन माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा होमिएका गृह मन्त्री बस्नेतमाथि जिल्ला अदालत जाजरकोटमा मुद्दा चलिरहेको हो । उनीमाथि लागूऔषध चरेस, डाँका चोरी र कतव्र्य ज्यान मुद्दा छ ।

जिल्ला अदालत जाजरकोटका सुब्बा सर्वजीत खत्रीले मन्त्री बस्नेतमाथि लागेको मुद्दा अहिले मुल्तवीमा रहेको जानकारी दिए । उनका अनुसार मन्त्री बस्नेतमाथि तत्कालीन प्रहरी सहायक निरीक्षक विकास अर्यालको जाहेरीमा लागूऔषध र प्रहरी निरीक्षक गोविन्दराज दमाईको जाहेरीमा कर्तव्य ज्यान मुद्दाको जोहरी गरिएको थियो । बस्नेतमाथि विक्रम सम्वत २०५६ वैशाख ९ मा लागूऔषध चरेस र ०५७ असोज ५ गते कर्तव्य ज्या मुद्दा परेको थियो ।

रोल्पालगायत जिल्लामा तत्कालीन नेकपा(माओवादी)विरुद्ध सरकारले रोमियो अप्रेसन चलाइरहेका बेला जाजरकोट कांग्रेस नेता दीपबहादुर सिंहको घर बस्नेतको नेतत्वमा कब्जा गरिएको थियो । पूर्व सहायक मन्त्री रहेका सिंहको घर कब्जा गरेलगत्तै बस्नेतसहित माओवादी नेतामाथि मुद्दा हालिएको थियो ।