१६ कार्तिक २०८३, सोमबार

किन जाँदैछन् संघीय समाजवादी फोरमका सहअध्यक्ष श्रेष्ठ अमेरिका ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Shresthaकाठमाडौं, ८ चैत । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ झण्डै एक महिना लामो अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

सोमबार बेलुका त्यसतर्फ प्रस्थान गर्ने सहअध्यक्ष श्रेष्ठले अमेरिकामा हुन लागेको विश्व नेवार संघको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनु हुनेछ । नेवार सम्मेलन बाल्टिमोरमा मार्चको २५, २६ र २७ तारिखमा हुँदैछ ।

अमेरिका बसाइका क्रममा सहअध्यक्ष श्रेष्ठले आदिवासी जनजाति महासंघ अमेरिका शाखाको कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ । सो कार्यक्रममा उहाँले नेपालमा जारी रहेको संघीय गठबन्धनको आन्दोलन र समावेशिताको सवालमा त्यहाँ रहेका नेपालीहरूलाई जानकारी गराउनु हुनेछ । महासंघले न्यूर्योकमा आफ्नो कार्यक्रम राखेको छ ।

सहअध्यक्ष श्रेष्ठले अमेरिकामा रहेका नेपालीहरूसँग राजनीतिक, आर्थिक, आन्दोलनप्रति सहानुभूतिलगायत सबै सहयोगका लागि पनि आग्रह गर्नुहुनेछ ।

उहाँले अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिहरूसँग भेट गरेर संघीय गठबन्धनले जारी राखेको आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थनका लागि पनि आग्रह गर्नुहुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

लसएञ्जलसमा नेपाल–अमेरिका फ्रेन्डसिप सोसाइटीले गर्ने कार्यक्रममा पनि सहअध्यक्ष श्रेष्ठले सहभागिता जनाउनु हुनेछ । सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ ।