७ कार्तिक २०८३, शनिबार

कांग्रेसभित्र यसरी सुरू भो भाँडभैलो, नेताहरूको असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting-3काठमाडौं, ८ चैत । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीहरूको मर्यादाक्रमको अन्तिम टुङ्गो अझै लाग्न सकेको छैन ।

सभापति शेरबहादुर देउवाले निवर्तमान कार्यबाहक सभापति रामचन्द्र पौडेललाई केन्द्रीय समितिको मर्यादाक्रममा दोस्रो स्थानमा राखेको निर्णयलाई सबैले स्वागत गरेका छन् । तर त्यसपछिको मर्यादाक्रममा भने धेरैको सन्तुष्टि देखिएको छैन ।

तत्कालका लागि सभापति देउवा, नेता पौडेल, उपसभापति तेस्रो, चौथो निर्वाचित महामन्त्री शशांक कोइराला, पाँचौ मनोनीत महामन्त्री, छैटौँ कोषाध्यक्ष, सातौँ सहमहामन्त्री गरी मर्यादाक्रम मिलाइएको समाचार तरुण साप्ताहिकले छापेको छ ।

पूर्वपदाधिकारीहरूको मर्यादाक्रम आठौँ स्थानदेखि मिलाउन सुरू गरिएको छ । तर यो हिसाबले सबैभन्दा पुराना पूर्वउपसभापति गोपालमान श्रेष्ठको मर्यादाक्रम आठौँ हुनु पर्ने हो । तर उनलाई १०औँ नम्बरमा राखिएको छ ।

मर्यादाक्रमको आठौँ सूचीमा पूर्व उपसभापति प्रकाशमान सिंह, नवौँमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राखिएको छ । जबकि सिटौलाभन्दा केबी गुरुङ र विमलेन्द्र निधिको सिनियर पूर्वमहामन्त्री हुन् । तर निधिनको मर्यादाक्रम ११औँ नम्बरमा र गुरुङको मर्यादाक्रम १२औँमा राखिएको छ ।

पहिले नै महामन्त्री भइसकेको भन्दा पछि महामन्त्री भएको नेता मर्यादाक्रममा अघि राखिने, पहिले नै उपसभापति भइसकेको नेतालाई भन्दा पनिपछि उपसभापति भएको नेतालाई मर्यादाक्रममा माथि राखिने परिपाटी पो सुरू गरिएको हो की भन्ने विश्लेषण पनि गरिएको छ ।

तर पूर्वकोषाध्यक्ष र पूर्वसहमहामन्त्रीहरू क्रमशः चित्रलेखा यादव, डा.रामशरण महत र अर्जुन नरसिंह केसीलाई भने मर्यादाक्रममा केन्द्रीय सदस्य खुमबहादुर खड्काभन्दा पनि पछि राखिएको छ । मर्यादाक्रममा खड्काको स्थान १३औँ नम्बरमा छ ।

वर्तमान केन्द्रीय सदस्य खड्कालाई पूर्वपदाधिकारीहरूभन्दा माथि राखिएको हुनसक्छ । तर १८औँ नम्बरमा परेका बलबहादुर केसी पनि खड्कासरहकै पुराना केन्द्रीय सदस्य हुन् ।