१६ कार्तिक २०८३, सोमबार

युवालाई उत्पादनमा जोडौं: सचिव भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chaitra7

काठमाडौँ, ७ चैत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले युवा वर्गको सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

युवासङ्घ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले युवा वर्गको सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्न नसकिएमा कुनै पनि राजनीतिक व्यवस्था स्थापित हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा ठूलो युवा जनशक्ति बाहिरिन बाध्य भएको र उनीहरुले बर्सेनि पठाउने गरेको करिब ७०० अर्ब विप्रेषणले अहिले मुलुकको अर्थतन्त्र चलेको बताउँदै उनीहरुले पठाएको कुल रकमको १० प्रतिशत राष्ट्रको विकास कोषमा राखेर जलविद्युत् उत्पादन गरी उनीहरुलाई त्यसको हिस्सा दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अहिले मुलुकमा एक करोड सात लाख युवा रहेको जानकारी दिँदै युवा वर्गको भावनालाई सम्बोधन हुने गरी कार्ययोजना निर्माण गर्न गृहकार्य भइरहेको बताउनुभयो ।

युवासङ्घका अध्यक्ष राजीव पहारीले मुलुकमा भएका परिवर्तनमा युवाको ठूलो भूमिका रहेको उल्लेख गर्दै अहिलेसम्म प्र्राप्त भएका उपब्धिलाई जोगाएर देश विकासमा युवालाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।