१६ कार्तिक २०८३, सोमबार

बुटवलमा खतरनाक दुर्घटना, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Accident

– विकाश पराजुली
बुटवल, ७ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको मिलनचोकमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

एउटै दिशा तर्फ गइरहेका ट्रक र मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार हरी थापाको मृत्यु भएको हो ।

लु २२ प १९८६ नं. को मोटरसाईकल र लु १ ख ५८५० नं. को ट्रक एक आपसमा ठोकिदाँ बुटवल सेमलारका ४० बर्षिय थापाको मृत्यु भएको हो ।

ट्रकले मोटरसाईकलाई केही पर सम्म लछारदै लगेको थियो । प्रत्यक्षदर्शीका अनुसार ट्रकको पछाडिको टायरले थापाको टाउकोमा नै किचेको थियो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।