१६ कार्तिक २०८३, सोमबार

नेकपा एमाले रोल्पाको भेला चैत १० मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo– जीवन डाँगी
रोल्पा, ७ चैत । नेकपा एमाले रोल्पाको जिल्ला कार्यकर्ता भेला यही १० गते रोल्पाको लिबाङमा हुने भएको छ ।

‘राष्ट्रिय स्वाधिन्ता र सामाजिक सदभाब हाम्रो स्वाभिमान, संबिधान कार्यान्वयन आर्थिक सम्बृद्धि एमालेको अभियान’ भन्ने मुल नाराका साथ भेलाको आयोजन गरिएको नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

उक्त भेलालाई सम्बोधन गर्न नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधब कुमार नेपाल, नेकपा एमाले केन्द्रिय सचिब पृथ्बी सुब्बा गुरुङ, नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणी चौधरी लगायतका नेताहरु आउने नेकपा एमाले रोल्पाले जनाएको छ ।

भेलामा जिल्ला कमिटिका सम्पुर्ण पदाधिकारी, सदस्यहरु, क्षेत्रीय कमिटीका पदाधिकारीहरु, गाउँ तथा नगर कमिटिका पदाधिकारीहरुको सहभागिता हुने नेकपा एमाले रोल्पाका सचिब ओमराज घर्तीमगरले जानकारी दिनुभएको छ ।