काठमाडौं, १२ साउन । विमान बंगलादेशको विमान सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएको छ ।
विमानको पछाडिकको दायाँ पट्टीको चक्कामा आगो लागेपछि आगो तत्काल नियन्त्रणमा लिइएको थियो ।
आगो तत्काल नियन्त्रणमा लिएका कारण विमानमा सवार सबै सकुसल रहेको बुझिएको छ ।
विमात अवतरणका क्रममा फोर्स वढी भएका कारण आगलागि भएको हो ।
यस्तो घटना सामान्य भएको विमानस्थलका महाप्रवन्धक ऋषिकेष शर्माले जानकारी दिनुभयो ।













प्रतिक्रिया