७ कार्तिक २०८३, शनिबार

चलेका उद्योग बन्द गराउने यी हुन् प्रमुख दोषी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbini Suger Millकाठमाडौं, ७ चैत । आत्मनिर्भर नेपाल बनाउन विभिन्न देशले विभिन्न समयमा खोलिदिएका उद्योग, कलकारखाना अधिकांश बन्द छन् । भएकाको अवस्था पनि घिटघिटो भएको अवस्थामा छन् ।

विश्वको दोस्रो अर्थतन्त्र चीन भ्रमणमा प्रधानमन्त्री केपी ओली निस्कन लागेको सन्दर्भमा नेपाली अर्थविद यो अवस्थालाई ‘नपाउनेले केरा पायो, बोक्रैसित चपायो’, भन्ने उक्तिसित जोड्न चाहन्छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

सरकार नेतृत्व गर्नेहरुको अक्षमताले यस्ता उद्योगधन्दा अधिकांश बन्द छन् भने बाँकी पनि धराशयी ।

अर्कोतिर, आफ्नै मुलुकले दिन सक्ने उपभोग्य सामाग्री अबौँ तिरेर बाहिरबाट आयात गर्नुपने अवस्था आएको छ ।

मुलुकलाई आत्मनिर्भर बनाउन स्थापित २३ राष्ट्रिय तहका उद्योग तथा कलकारखाना अहिले ठप्प छन् ।

प्रजातन्त्र पुनःस्थापनाभएपछि २०४८ मा एकै दिन मन्त्रिपरिषद्बाट चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय लियो ।

छिमेकी सदासयले खुलेका राष्ट्रिय उद्योगको अधोगति त्यसै दिनबाट सुरू भएको अर्थविद् बताउँछन् ।

नीति अभावकै कारण छिमेकीले दिएको र बनाइदिएको मुलुकका उगधन्दा बन्द भएको अर्थविद् विश्वम्भर प्याकुरेलले बताए ।

२०४८ को मन्त्रिपरिषदको निर्णय अनुसार निजिकरण भएका काठमाडौंको ट्रलि बस, बाँसबारी छालजुत्ता कारखाना, साझा बस, नेपाल एयरलाइन्स, भक्तपुरको चाइनिज इँटा कारखाना व्यवस्थापन गर्न नसकि बन्द भएको दशक वितिसक्यो ।