इलाम, १२ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जातीय मुक्ति मोर्चा नेपालबीच सोमवार तीन बुँदे सहमति भएको छ ।
इलामको चियाबारी कटेजमा बिहानैदेखि सुरू भएको वार्तामा मोर्चाले शान्तिपूर्ण राजनीतिमा अग्रसर हुँदै संविधान निर्माण प्रक्रियामा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।
यस्तै मोर्चाबाट उठाइएका संविधानसम्बद्ध विषयवस्तुहरू संवैधानिक राजनीतिक समितिसमक्ष प्रस्तुत गर्न उपसमितिले विश्वास दिलाउने र मोर्चाका बन्दी, कार्यकर्ता र उनीहरूसम्बद्ध मुद्दाहरूको विवरण सरकारसँग उपलब्ध गराएर समस्या समाधान गर्न उपसमितिले सरकारसामु पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
मोर्चाका तर्फबाट अविरल र प्रारम्भिक वार्ता उपसमितिका तर्फबाट संयोजक आनन्दप्रसाद ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।
वार्ता बिहान ९ बजेदेखि सुरू भएको हो । अहिले सङ्घीय लिम्वुवान राज्य परिषद् सञ्जुहाङ पालुङवा पक्षधरसँग उपसमितिले वार्ता गरिरहेको छ ।
वार्तामा बोलाइएकामध्ये पल्लोकिराँत सहभागी नभएको वार्ता टोलीका सदस्य आरके खम्बुले जानकारी दिनुभएको छ














प्रतिक्रिया