– विजय थापा
अमेरिका । नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाको महिला तथा बालबालिका समितिको आयोजनामा गत मार्च १३ तारिख एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल तथा अमेरिकाका राष्ट्रिय गानबाट सुरु गरिएको थियो । कार्यक्रमको सुरुवात नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाका पूर्व अध्यक्ष राजा घलेले गर्नु भएको थियो ।
नासाको ईतिहासमा पहिलो पटक महिला दिवस मनाएकोमा पूर्व अध्यक्ष घलेले हर्ष व्यक्त गर्दै कार्यक्रम संचालक मिसेस अन्तर राष्ट्रिय इंडिया शबिता जैनलाई परिचय गराउनु भएको थियो ।
नासा महिला तथा बालबालिका समितिका सभापति विद्या गुरुङले सबैलाई स्वागत गर्नुको साथै प्रमुख वक्ता चार्लोट हल नाश तथा अरु विशिस्ट व्यक्तिहरुको परिचय दिनु भएको थियो ।
नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्यले नासाका अध्यक्ष विमल नेपालको स्वागत संदेश पढ्नु हुदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता चार्लोट हाल नाशले महिला भूमिका बारेमा बोल्न्नु भएको थियो भने डा अमृता रेग्मीले सकारात्मक कार्य तथा महिलाका उन्नतिका बारेमा बोल्नु भयो ।
यसैगरी प्रख्यात पाकिस्तानी लेखिका, कवियत्री तथा सामाजिक कार्यकर्ता सदफ फारुकीले महिला का सशक्तिकरण बारेमा बोल्नु भएको थियो भने नेपाली लेखिका तथा कवियत्री गोता सापकोटाले कविता वाचन गर्नु भएको थियो ।
यसै गरि भारत कला नाट्यको तर्फ बाट नृत्यहरु प्रस्तुति गरिएको थियो जसको निर्देशक सुबथ्रा सुदर्शनले गर्नु भएको थियो । नेपालीले प्रख्यात गीतहरुमा गाईएको थियो भने कार्यक्रममा भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया आदि बाट विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली घरेलु उद्योगका पोशाक तथा हस्तकलाका समानहरु पनि राखिएको थियो भने कार्यक्रममा बिशेष व्यक्तित्व ,कलाकार तथा स्वयम् सेवकलाई प्रशंसाको प्रमाण पत्रको साथै पदक पनि प्रदान गरिएको थियो ।















प्रतिक्रिया