काठमाडौं, १२ साउन । मुसलमानको महान् धार्मिक पर्व रोजा सोमबार सम्पन्न भई मंगलबार इद मनाइँदै छ ।
मुसलमानहरु यो पर्वका लागि गएको असार महिनाको १६ गतेदेखि उपवास अर्थात् रोजा बसेका थिए । विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने, अल्लाहको एवादत गर्ने, झुठो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखी असल काम मात्र गर्ने गर्दछन् ।
यो पर्वमा मुसलमानहरुमाझ इदगाहमा गई सामूहिक रुपमा प्रार्थना गरी आ–आफ्ना घरमा मिठोमिठो परिकार खाई खुसियाली साटासाट गर्ने चलन छ ।
यो पर्वलाई इदुल फित्र पनि भनिन्छ र यसलाई तीन दिनसम्म मनाइने गरिन्छ ।
















प्रतिक्रिया