बारा, ६ चैत । आफूले मन पराएकी युवतीको अर्कै केटासँग विहे गर्नका लागि टीकाटालो भएको खबर पाएपछि तनावमा परेका बारा कलैयाका सन्तोष साह सिन्दुर र पोते लिएर मंगलबार मध्यराति केटीको घरमा पुगे ।
छतमा कुरेर बसेका सन्तोषलाई भेट्न निभा छतमा पुगिन् ।
सन्तोषले निभाको सिउँदोमा सिन्दुर र पोते लगाउन खोजे तर निभाले मानिनन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
आफ्नो विहे अर्कै केटासँग हुने पक्का भइसकेको भन्दै निभाले जबरजस्ती नगर्न प्रेमी सन्तोषलाई अनुरोध गरिन्, तैपनि उनले मानेनन् ।
दुवै जनाबीच भनाभन भएको थाहा पाएका निभाका बुबा, आमा र भाई पनि छतमा पुगे ।
उनीहरुले सन्तोषलाई घरभित्र लगे । नाइलनको डोरीले सन्तोषको घाँटी कसेर हत्या गरिदिए ।
निभाका परिवारका सदस्यले सन्तोषको शब बुधवार दिनभर घरमै राखे ।
बुधवार मध्यरातमा घर नजिकैको बकुल्ला बारीमा लगेर फालिदिए ।
बिहीवार बिहान खेतमा शौच गर्न गएका स्थानीय महिलाले युवकको शब देखेपछि प्रहरीलार्इ खबर गरेका थिए ।
घटनास्थलमा बिहीवार बिहान पुगेको प्रहरीले शब नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो ।
अनुसन्धानका क्रममा सन्तोषको हत्यामा उनकै प्रेमिका निभा र उनका अभिभावकको संलग्नता रहेको खुलेपछि प्रहरीले बिहीवार साँझ नै निभासहित चारजनालार्इ पक्राउ गरेको छ ।















प्रतिक्रिया