काठमाडौं, ६ चैत । आन्तरिक प्रजातन्त्र र नैतिकताको राजनीति गर्न कांग्रेसलाई दबाब दिँदै आएका पूर्वमन्त्री पीएल सिंहलार्इ सक्रिय राजनीतिमा ल्याउन पार्टी सभापति शेरवहादुर देउवा इच्छुक देखिएका छन् ।
हाल दिल्लीमा स्वास्थ्य उपचारका लागि गएका उनलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी गरेर देउवाले त्यस्तो संकेत गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पार्टी सदस्यता वितरणमा भएको धाँधलीप्रति आक्रोश व्यक्त गर्दै सिंहले पोखरामा भएको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन पार्टी अध्यक्ष गिरिजाप्रसाद कोइरालालाई पत्र लेखेका थिए ।
तर सुनुवाइ नभएपछि उनले आफूलाई पार्टी गतिविधिबाट बाहिर राखेका थिए । सिंह राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा पनि मन्त्री बनेका थिए ।















प्रतिक्रिया