प्रधानमन्त्री केपी शर्मा ओली ज्यू,
भारत हाम्रो एक असल छिमेकी हो । हर सुख दुखमा भारतले हामीलाई साथ दिएको छ । सदियौ देखी नेपालको विकासको लागि भारतले सहयोग गर्दै आएको छ । हरेक समयमा भारतले नै हामीलाई उचित सल्लाह दिएको छ ।
हुनसक्छ, कुनै समयमा भारतले राम्रो गर्न चाहदा चाहदै पनि गल्ती भएको होला । तर भारतले कहिल्यै नेपालको अहित चाहेको छैन । भारतले हरसमय नेपालमा शान्ति स्थायित्व र विकास चाहेको छ ।
विगत केही दिन देखी चिसिएको नेपाल–भारत समबन्ध सुधार्ने गर्ने तर्फ ध्यान केन्द्रित गरिनु नै हाम्रो भविष्यको लागि राम्रो हुनेछ । भारतलाई चिढाएर चाईनासंग कुनै महत्वपुर्ण सम्झौता गर्नु सम्पुर्ण देशकै लागि घातक हुन सक्छ । राष्ट्रिय हित विपरीत एवम् नेपाल भारत समबन्ध विग्रिने कुनै पनि सम्झौता चीनमा नगर्दा नै बेस हुन्छ ।
चीनले हामीलाई हरेक समयमा धोका मात्रै दिएको छ, चीनले कहिल्यै पनि नेपालको हित सोचेकै छैन ।
अर्को तर्फ जहासम्म मलाई लागेको छ, चीनले नेपालको लागि भारतसंग समबन्ध बिगार्नै सक्दैन । चीनले हामीलाई लोभ्याउने काम मात्र गर्छ, हाम्रो हितको लागि केही गर्दैन ।
तसर्थ, चीन भ्रमणको क्रममा कुनै महत्वपूर्ण सम्झौता नगर्न म हजुरलाई आग्रह गर्दछु ।
विकास ठाकुर
अध्यक्ष
हिन्दू युवा जनशक्ति संघ नेपाल ।












प्रतिक्रिया