१५ कार्तिक २०८३, आइतबार

माण्डव्य समाजको प्रथम भेला भोलीदेखि बुटवलमा, स्थापना किन ? (विज्ञप्ति सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mandabya-samaj-butwal

बुटवल, ५ चैत । माण्डव्य समाज नेपालको पहिलो प्रथम भेला भोली (शनिबार) देखि बुटवलमा सुरु हुँदैछ ।

भेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

माण्डव्य गोत्रीय वंशजहरुका बीचमा आपसी भाईचारा प्रेरित गर्ने उद्देश्यले माण्डव्य समाज नेपाल गठन गरिएको समाजका केन्द्रीय अध्यक्ष हेमन्तराज माण्डव्यले बताए ।

कैलाली जिल्लाको टिकापुरमा २०६२ सालमा माण्डव्य बंशीय युवाहरुले यसको प्रारम्भ गरेको भएपनि भेलाले यसलाई पुर्ण बनाउँदै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष माण्डव्यले बताए ।

भोेली शनिबार देखि सुरु हुने भेलाको सम्पुर्ण तयारी पुरा भएको प्रतिनिधीहरु बुटवलमा आउनेक्रम शुरु भएको आयोजकले बताएको छ । भेला चैत ८ गते अथार्त मंगलबार नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।

भेलामा विभिन्न ६८ जिल्लाका २ सय प्रतिनिधीहरु आउनेछन् । मानविय भाईचार, बंश पहिचार र परम्पराको जर्गेना गर्नु माण्डव्य समाजको अर्को उद्देश्य रहेको अध्यक्ष माण्डव्यले जानकारी दिए । उनले बंशपहिचानको खोजी गर्दै समाजिक सेवामा लाग्ने समाजको योजना रहेको बताए । भेला बुटवल १० स्थित होटल मेरीगोल्डमा हुनेछ ।

देशभरमा ६८ थरीका माण्डव्य बंशजहरु रहेको उनको भनाई छ ।

IMG_8484