७ कार्तिक २०८३, शनिबार

रक्सौलबाट आयो यस्तो नमिठो खबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung-naka

काठमाडौं, ५ चैत । भारत बिहारको रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले नेपाल आयल निगमलाई दिनुपर्ने इन्धनको ६० प्रतिशतमात्रै उपलब्ध गराइरहेको छ।

नयाँ संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले सरकारलाई दबाब दिन पाँच महिनासम्म नाकामा धर्ना बस्दा भारतले अवरोधको बहानामा रक्सौल डिपोबाट इन्धन दिन छाडेको थियो। नाका सहज भएको महिना नाघिसक्दा पनि रक्सौल डिपोबाट साबिकअनुसार इन्धन आयात हुन नसक्दा सर्वसाधारण अनुसार इन्धन पाउन सकेका छैनन्।

‘मधेस आन्दोलन सुरु हुनुअघि सामान्य अवस्थामा आइओसीको रक्सौल डिपोबाट प्रत्येक दिन २५ देखि ३० लाख लिटरसम्म इन्धन आउँथ्यो,’ अमलेखगञ्ज डिपोका प्रमुख भानुभक्त खनालले भने, ‘अहिले वीरगन्ज नाका सहज भए पनि रक्सौल डिपोबाट १७ देखि १९ लाख लिटरमात्रै आयात भइरहेको छ।’

सामान्य अवस्थामा रक्सौल डिपोबाट पाँच लाख लिटर पेट्रोल, १८ लाख लिटर डिजेल, चार लाख लिटर हवाई इन्धन र एक लाख लिटर मट्टितेल अमलेखगन्ज डिपोले आयात गरी देशका विभिन्न भातमा बिक्री वितरण गर्द आएको थियो।

तर अहिले मागअनुसार आपूर्ति हुन नसक्दा बिक्री वितरणमा समस्या आएको खनालले बताए । नागरिक दैनिकमा खबर छ ।