काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भ्रष्टाचारीहरु नराम्ररी पराजित भएपछि एक अर्काको पोल खोलाखोलमा लागेका छन् ।
उनीहरु अहिले एकले अर्कालाई धोका दिएको धोका दिएको आरोप लगाउँदै खुइल्याउने खेलमा लागेको समाचार जनआह्वान साप्ताहिकले छापेको छ । पैसाको बलमा खुमबहादुर खड्काले मात्रै चुनाव जितेको भए पनि अरुले भने निर्वाचनमा जित्न सकेका छैनन् ।
गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट जस्ता नेताले चुनाव हारेपछि आफ्नै गुटका कारण चुनाव हारिएको भन्दै उनीहरु एक आपसमा मा‘ मा‘ र मु‘ मु‘मा उत्रिएका छन् ।
एकले अर्कोलाई हराएको भन्दै उनीहरुले सार्वजनिक रुपमा नै कसले हराएको हो थाहा छ भन्दै प्रतिवादमा उत्रिएको बताइन्छ । खुमबहादुरले चुनाव जित्ने हामीले हार्ने भन्ने हुँदैन, त्यसले हामीलाई हरायो भन्दै जोशी र वाग्लेले खुमबहादुरविरुद्ध सभापति शेरबहादुर देउवा कहाँ पोल लगाएका छन् ।
फोनबाट नै पोल लगाएका वाग्ले र जोशीले हामीलाई हराइएको हो, हामीलाई केन्द्रीय समितिमा मनोनयन गर्नुपर्छ, होइन भने पौडेल (रामचन्द्र पौडेल) तिर लाग्छौं भन्दै बार्गेनिङ सुरु गरेका छन् ।
‘पदाधिकारी मनोनयमा हामीले भनेको मान्छे हुनु पछर्’ भन्दै उनीहरुले देउवासँग पटक–पटक दबाब दिएको बताइन्छ । रामचन्द्र पौडेललाई वरिष्ठ नेता नबनाउनसमेत सो टोलीले देउवालाई दबाव दिएको बूढानिलकण्ठ स्रोतको दाबी छ ।
कुलबहादुर गुरुङ सभापतिको प्रस्तावक भएको, वरिष्ठ र उमेरका कारण पनि जेष्ठ भएका कारण उनलाई वरिष्ठ नेता बनाउनुपर्ने वाग्ले, जोशी र खड्काको मत मिलेको छ ।
सो टोलीले खड्कालाई भेटेरै तैले हामीलाई हराइस् अब ठीक हुन्न भन्दै मा‘ मा‘ र मु‘मु‘मा उत्रेको स्रोतको दाबी छ । काँग्रेस केन्द्रीय समितिको चयनका लागि भएको निर्वाचनमा शेखर कोइराला पछि खुमबहादुरले सबैभन्दा बढी मत पाएका थिए ।
वाग्ले र जोशीले विगतमा कमाएको पैसा पार्टीको महाधिवेशनमा महाधिशेन प्रतिनिधि किन्न खर्च गरेको र आफू मात्रै जित्ने र अरुलाई हराउन लागि परेको सो टोलीको दाबी छ ।















प्रतिक्रिया