७ कार्तिक २०८३, शनिबार

नक्कली चिकित्सकको यस्तो छ नयाँ पेशा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip-Kumar-Gupta-Dhanushaकाठमाडौं, ५ चैत । नक्कली चिकित्सक खोज्ने क्रममा २३ फागुनमा धनुषाका प्रदीपकुमार गुप्ता पक्राउ परे । चिकित्सकको लाइसेन्सको परीक्षा दिन काठमाडौं आएकाबेला उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

‘कुन कुन अस्पतालमा काम गर्‍यौ ?’ प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गर्दा मण्डलले भने, ‘कहाँ काम गर्नु हजुर, गाउँमा ट्याक्टर चलाउँदै आएको छु ।’

लाइसेन्स परीक्षामा फेल भएपछि धनुषामा ट्याक्टर चलाएर बस्नु परेको उनले बताएका छन् ।

६ वर्षअघि चीनबाट एमबीबीएस पढेर आएका गुप्ता पटक पटक लाइसेन्स परीक्षा दिँदा पनि सफल हुन सकेनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एबीबीएस पढ्न आइएस्सीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सिआइबीले पक्राउ गरेका १५ नक्कली डाक्टरमध्ये उनी पनि एक हुन् ।